शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

डेम्बेले र एम्बाप्पेको गोलमा पीएसजी विजयी

दैनिक नेपाल २०८१ वैशाख १३ गते ८:५२

काठमाडौं, १३ वैशाख । फ्रेन्च लिगअन्तर्गत पीएसजीले लोरिएन्टलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा पिएसजीले लोरिएन्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २-२ गोल गरेका थिए ।

त्यस्तै, लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल गरेका थिए । यो जितपछि पीएसजीले लिग वानमा आफ्नो अग्रता बढाएको छ । ३० खेलमा ६९ अंकसहित पीएसजी शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मोनाको भन्दा ११ अंकले अगाडि रहेको छ ।

त्यसैगरी, लोरिएन्टको ३० खेलमा २६ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित