२५ असार २०८३, बिहिबार

मकवानपुरको कैलाशमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १२ वैशाख । मकवानपुरको कैलाश गाउँपालिका-१० सादिखोरियामा ट्याक्टरबाट खसेर टेलरको पछाडिको चक्काले किच्दा गएराति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाश-१० पुरानो गाँउ बस्ने ३५ वर्षीय प्रदीप वाइवा रहनुभएको छ ।

सोही गाउँपालिकाको भित्री सडकको भलटारबाट पुरानो गाँउतर्फ बिजुलीको पोल लिएर जाँदै गरेको बागमती प्रदेश०३–००१त ०४१९ नम्बरको ट्याक्टरको पछाडी टेलरबाट खस्नुभएका वाइवालाई ट्याक्टरको पछाडिको चक्काले किच्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शव पोष्टमाटको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालक भीमफेदी गाउँपालिका-९ बागमारा बस्ने ३३ वर्षीय वीरमान स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।