सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भयो : कमल थापा

दैनिक नेपाल २०८१ वैशाख १२ गते २०:१९

काठमाडौं, १२ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको दाबी गर्नुभएको छ ।

अठार वर्षको अनुभवबाट प्रमाणित तितो सत्य स्विकार्न हिनताबोध गर्न नहुने भन्दै थापाले असफल भएको गणतन्त्र लुटतन्त्रमा परिणत भएकोसमेत टिप्पणी गर्नुभयो ।

आज पार्टीको काठमाडौं-८ क्षेत्रीय समितिले नरदेवीमा आयोजित कार्यक्रममा बोल्दै थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने भन्दै नेपालको भूराजनीतिक अवस्था र सामाजिक साँस्कृतिक परिवेशमा उन्नत लोकतन्त्र भनेको राजसंस्थासहितको लोकतन्त्र भएकोसमेत बताउनुभयो ।

धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त काठमाडौंबासी एकपटक जुरुक्क उठ्नुपर्ने समय आएको भन्दै थापाले मनपरितन्त्र र लुटतन्त्रको अन्त्यको लागि आन्दोलनको आवश्यकतामा समेत उहाँले जोड दिनुभयो ।

काठमाडौं-८ को क्षेत्रीय कार्यालयको उद्घाटन गर्नुभएका अध्यक्ष थापाले विभिन्न व्यक्तिहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका नेताहरु राजाराम बर्तौला, यवती कार्की, हिक्मतजंग भण्डारी, सुनिता कुरुङ्गवाङ, श्याम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित