सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

दैनिक नेपाल २०८१ वैशाख १२ गते २०:०१

हेटौंडा, १२ वैशाख । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै राति १२ बजेदेखि लागु हुनेगरी प्रदेशको हिउँदे अधिवेशनको अन्त्य गर्नुभएको हो ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता गंगा नारायण श्रेष्ठले बताउनुभएको थियो ।

फागुन १५ बाट सुरु भएको हिउँदे अधिवेशनको पछिल्लो बैठक चैत १९ मा बसेको थियो । बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित