१४ असार २०८३, आइतबार

बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १२ वैशाख । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभएको हो ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउने उहाँले बताउनुभयो ।

फागुन १५ बाट सुरु भएको हिउँदे अधिवेशनको पछिल्लो बैठक चैत १९ मा बसेको थियो । बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनुभएको थियो ।