सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

रविको पद खुस्काउन फेरि कस्सिए युवराज

दैनिक नेपाल २०८१ वैशाख १२ गते १८:४४

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध एकपछि अर्को मुद्दा हाल्दै आउनुभएका युवराज सफलले आज सर्वोच्च अदालतमा अर्को रिट दर्ता गराउनु भएको छ ।

लामिछाने गृहमन्त्री पदका लागि कानुनी तथा नैतिक रुपले योग्य नरहेको जिकिरसहित बर्खास्तीको माग गर्दै उहाँ आज सर्वोच्च पुग्नुभएको हो ।

यसैगरी, सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको, राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा खेपिरहेको, झुठो तथा किर्ते विवरण पेश गरी कम्पनीको सेयर किनेको र कम्पनी खरिद–बिक्री प्रकरणमा अनुसन्धान भइरहेको व्यक्ति पदमा बस्न नमिल्ने युवराजको दाबी छ ।

आफूलाई चित्त नबुझेको विषयमा उजुर गर्न अदालत धाइरहने युवराजले यसअघि नागरिकता किर्तेमा सर्वोच्चमै रिट हालेर लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित