सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

वेस्ट इन्डिज ‘ए’ टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज !

दैनिक नेपाल २०८१ वैशाख १२ गते १८:३४

काठमाडौं । बुधबार काठमाडौं आइपुगेको वेस्ट इन्डिज ‘ए’ टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इन्डिजका खेलाडीको लगेज टाटा सुमोमा लोड गरिँदै गरेको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिज जस्तो टिम आउँदा फितलो व्यवस्थापन गरेको भन्दै आलोचना भएको छ ।

वेस्ट इन्डिज ‘ए’ टिम नेपालमा पहिलो पटक क्रिकेट खेल्न आएको र पहिलो पटक मै फितलो व्यवस्थापन गरेर क्यानले ठूलो लापरवाही गरेको भन्दै कारवाहीको माग समेत गरिएको छ ।

सामान्यतया विदेशी टिम आउँदा राम्रो स्वागत गरिने र लगेज व्यवस्थापन पनि व्यवस्थित तरिकाले हुने गरेकोमा यस पटक क्यान चुकेको भन्दै आलोचना भएको छ ।

नेपालसँग ५ टी-२० खेलको सिरिज खेल्न रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ‘ए’ टिम काठमाडौं आएको छ ।  यो सिरिज वैशाख १५ गतेदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया
सम्बन्धित