सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बैंकिङ कसुरमा फरार करुणा शाही पक्राउ

दैनिक नेपाल २०८१ वैशाख १२ गते १३:०९

बाँके, १२ वैशाख । बैंकिङ कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका ११ बस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यलय कोहलपुर बाँकेले आइतबार पक्राउ गरेको हो ।

उनलाई बर्दियाको बानियाभारबाट (माईतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताइएको छ ।

ईलाका प्रहरी कार्यलयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुने क्रममा रहेको जानकारी दिनुभएको छ ।

केही समय अगाडि बैंकिङ कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुन बहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी वृत सातदोवाटो ललितपुरबाट पक्राउ गरी कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्‍याइएको थियो ।

त्यसपछि गत फाल्गुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित