सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

क्यान्सर पीडित बालिकालाई एक लाख रुपैयाँ सहयोग

दैनिक नेपाल २०८१ वैशाख १२ गते १०:१३

भक्तपुर, १२ वैशाख । आठौँ भक्तपुर महोत्सवले क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग गरेको छ ।

भक्तपुर गएको चैत २२ गतेदेखि यही वैशाख २ गतेसम्म महोत्सव सञ्चालन गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित बालिका समिला लावतीलाई नगद एक लाख रुपैयाँ सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार हाल भारतको नयाँ दिल्लीमा उपचार गराइरहेकी बालिकाको खातामा रकम पठाइएको हो । ‘हामीले सधै महोत्सवबाट उठेको रकमको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छौँ, त्यो अनुसार बिरामी नानीलाई सहयोग गरेका हौँ ।’ महतले भन्नुभयो ।

औद्योगिक शान्ति नेपालले हाल चन्द्रगिरी नगरपालिकाको नैकापमा महोत्सव सञ्चालन गरिहेको छ ।

प्रतिक्रिया
सम्बन्धित