सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

अध्यक्ष ओली इलाम जानुहुँदै, चुनावी सभालाई सम्बोधन गर्नुहुने

दैनिक नेपाल २०८१ वैशाख १२ गते ८:५७

काठमाडौं, १२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इलाम जाँदै हुनुहुन्छ । उहाँ इलामको चुलाचुलीमा हुने पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न त्यसतर्फ जान लाग्नुभएको हो ।

अध्यक्ष ओली बिहान ११ बजेको जहाजबाट भद्रपुर अवतरण गरेर चुलाचुलीतर्फ जानुहुनेछ ।

यही वैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले-माओवादी गठबन्धनले आज दक्षिण इलामको चुलाचुलीमा आमसभाको आयोजना गरेको हो ।

यस क्षेत्रबाट निर्वाचित सांसद तथा एमालेका उपाध्यक्ष सवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा अहिले एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

सुहाङलाई सत्ता गठबन्धनको नेकपा (माओवादी केन्द्र)सहित कम्युनिष्ट पार्टीहरुको समर्थन रहेको छ ।

अध्यक्ष ओलीले गत वैशाख ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनवाी सभालाई सम्बोधन गर्नुभएको थियो । अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण शक्ति यस निर्वाचनमा केन्द्रीत गर्न नेता कार्यकर्तालाई यसअघिनै निर्देशन दिइसक्नुभएको छ ।

अध्यक्ष ओली आज दमकस्थित आफ्नो निवासमा बस्नुहुनेछ । अध्यक्ष ओली भोलि बिहान भद्रपुर विमानस्थलबाट काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित