सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

दैनिक नेपाल २०८१ वैशाख १२ गते ७:३८

काठमाडौं, १२ वैशाख । नेपाल भ्रमणमा रहनुभएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बुधबार द्विपक्षीय वार्ता हुँदैछ ।

दुईदिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुग्नुभएका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लाग्नुभएको हो ।

थानीलाई होटेल सोल्टीमा राखिएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान १० बजे सोल्टीमै पुगेर उहाँसँग भेटवार्ता गर्ने र त्यही विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

वार्तापछि दुवै देशबीच सम्झौता र समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि कतारी राजा थानी स्वदेश फर्कनुहुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आउनुभएका राजा थानीलाई मंगलबार राष्ट्रपति पौडेल आफै विमानस्थल पुगेर विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । लगत्तै थानी र पौडेलबीच भेटवार्ता भएको थियो । बेलुका राष्ट्रपति पौडेलले थानीलाई रात्रीभोजसमेत दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित