सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल

दैनिक नेपाल २०८१ वैशाख १२ गते ७:१६

काठमाडौं, १२ वैशाख । साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ५-४ गोल अन्तरले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो । सेमिफाइनलको पहिलो लिगमा अल हिलाल अल ऐनसँग ४-२ ले पराजित भएको थियो ।

यो जितसँगै अल ऐन एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । अब अल ऐनले फाइनलमा जापानी क्लब योकोहामा र दक्षिण कोरीयन क्लब उल्सन एचडीबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित