सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट

दैनिक नेपाल २०८१ वैशाख १२ गते ६:०१

रौतहट, १२ वैशाख । रौतहटको देवाही गोनाही १ करुनियास्थित मंगलबार अपरान्ह भएको आगलागीबाट ७ वटा घर जलेर लाखौंको क्षति भएको छ ।

विद्युतीयको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागीबाट स्थानीय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तन, नगदसहित घरहरु जलेर पूर्णरुपमा नष्ट भएर कुल १६ लाख ९० हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताउनुभएको छ ।

सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट सई कृष्ण नन्दन राय यादवको कमाण्डमा खटिएको ९ जना, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशाराम कार्कीको कमाण्डमा गएको १० जनाको टोली गौर नगरपालिकाबाट गएको दमकल र स्थानीयबासीहरुको सहयोगमा करिब ५ बजेको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित