३० असार २०८३, मंगलबार

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ११ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउनुभएको हो । उहाँले विश्वासको मत लिनु अगाडि बुधबार सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी पनि गर्नुभएको छ ।

गठबन्धन दल एमाले र माओवादीबीच मन्त्रालयको बाँडफाँडमा सहमति जुटेपछि मन्त्रीपरिषद् विस्तार गरेको भोलिपल्टै विश्वासको मत लिने सहमति भएको हो ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकार गठन समेत गर्न सकेका छैनन् ।