शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता सुरु

दैनिक नेपाल २०८१ वैशाख ११ गते १७:५३

काठमाडौं, ११ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवास शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।

कतारका अमिरलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले स्वागत गर्नुभएको थियो ।

भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी हुनुहुन्छ । साथै भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको सहभागिता छ ।

प्रतिक्रिया
सम्बन्धित