शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

गेष्ट हाउसमा महिला र पुरुष मृत फेला, छोरी सकुशल

दैनिक नेपाल २०८१ वैशाख ११ गते १६:४६

जनकपुरधाम, ११ बैशाख । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र पुरूष मृत फेला परेका छन् ।

होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृत फेला पर्नेमा लोहारपट्टी नगरपालिका-४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका-३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान छन् । प्रियंका विवाहित हुन् भने युवक अविवाहित । प्रियंकाको माइत पीपरा हो ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरू प्रियंककी नाबालिग छोरीसहित केही दिनदेखि गेष्ट हाउसमा बसिरहेका थिए । छोरी भने सकुशल छिन् । उनीहरूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित