शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

हीनताबोध नगरौँ, नवीन समझदारी गरेर राजसंस्थाको पुनःस्थापना गरौँ : राजेन्द्र लिङ्देन

दैनिक नेपाल २०८१ वैशाख ११ गते १४:३८

काठमाडौं, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत आज नेपाल आउन लाग्नुभएका कतारका अमिर शेख तमीम विन हमद अल थानीलाई स्वागत गर्दै सरकारले उहाँलाई गर्ने सम्मान राजतन्त्रप्रतिको सम्मान भएको उल्लेख गर्नुभएको हो ।

लिङदेनले सरकारले अमिर थानीको सम्मानमा आज सार्बजनिक बिदा दिएको र उहाँलाई २१ तोपको सलामी दिने कार्यक्रम रहेको भन्दै यो राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ । कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिईने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो । त्यसैले हिनताबोध नगरौँ १ नवीन समझदारी गरौं ११ नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ !!!’ ।

प्रतिक्रिया
सम्बन्धित