२४ असार २०८३, बुधबार

गृहमन्त्री रविलाई ज्ञानेन्द्र शाहीको सुझाव– आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिनुभएको छ ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउँदा सार्वजनिक विदा दिएको भन्दै तपाईं र अरु नेतामा के फरक छ ? भन्ने प्रश्नसमेत गर्नुभएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्वजनिक विदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी आएको हो ।

उहाँले भन्नुभएको छ–

माननीय रवि लामिछानेज्यु, हिजोका दिनहरुमा तपाईंले जनताकोआवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभएछ, अब भन्नुहोस्, तपाईं र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?