१७ असार २०८३, बुधबार

बालाजुमा बाइसधारा मेलाको रौनक (फोटो फिचर)

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन काठमाडौंको बाइसधारामा पाँचदिनसम्म लाग्ने मेला आजबाट सुरु भएको छ ।

काठमाडौंको बालाजु बाइसधारामा मंगलबार बिहानैदेखि मेलामा सहभागी भक्तजनको घुँइचो लागेको छ ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने हेतुले मेला व्यवस्थापन समितिले २२ वटै धाराबाट पानी प्रवाह हुने व्यवस्था मिलाएको जनाएको छ ।

बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यो वर्ष मेलामा दुई लाख भक्तजनले सहभागीता जनाउनले समितिले अनुमान गरेको छ ।