शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

सुनिल नारायणले टी–२० विश्वकप नखेल्ने

दैनिक नेपाल २०८१ वैशाख ११ गते १०:२३

काठमाडौं, ११ वैशाख । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रदर्शन गरिरहेका वेस्ट इन्डिजका पूर्वखेलाडी सुनिल नारायणले आगामी टी–२० विश्वकपमा नखेल्ने स्पष्ट गरेका छन् । आईपीएलमा कोलकोताबाट खेलिरहेका सुनिलले विश्वकपको ढोका आफ्नो लागि बन्द रहेको स्पष्ट गरेका हुन् ।

उनको प्रदर्शनलाई ध्यानमा राख्दै आगामी टी–२० विश्वकपमा वेस्ट इन्डिजबाट खेल्न सक्ने अनुमान भइरहेका बेला उनले आफू विश्वकप नखेल्ने स्पष्ट गरेका हुन् । ३५ वर्षीय सुनिलले जारी आइपिएलमा एक शतक र एक अर्धशतक बनाएका छन् भने अहिलेसम्म ९ विकेट समेत लिएका छन् ।

उनले नोभेम्बर २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी २०१९ देखि वेस्ट इन्डिजका लागि खेलेका थिएनन् ।

उनले आफ्नो अहिलेको प्रदर्शनले सन्यास तोडेर वेस्ट इन्डिजका लागि विश्वकप खेल्नुपर्ने तर्क गरिरहेको सुनेको बताउँदै विश्वकप नखेल्ने बताएका हुन् । उनले वेस्ट इन्डिजबाट विश्वकपमा प्रतिनिधित्व गर्ने युवा खेलाडीहरुलाई आफ्नो सधै समर्थन रहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित