शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

कस्तो रहन्छ आजको मौसम ?

दैनिक नेपाल २०८१ वैशाख ११ गते ६:११

काठमाडौं, ११ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडि भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित