शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

तस्वीरमा हेरौँ एमालेले आयोजना गरेको नेकपाको हीरक महोत्सव

दैनिक नेपाल २०८१ वैशाख १० गते २१:००

काठमाडौं, १० बैशाख । नेकपा स्थापनाको अवसरमा नेकपा (एमाले) ले हीरक महोत्सव मनाएको छ ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना गरिएको हो।

समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा उपस्थित हुनुभएको थियो ।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित