शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

गण्डकीका मुख्यमन्त्रीको नियुक्तिविरुद्धको रिटको सुनुवाई ‘हेर्दाहेर्दै’ मा

दैनिक नेपाल २०८१ वैशाख १० गते १७:०९

काठमाडौं, १० बैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको आजको सुनुवाई ‘हेर्दाहेर्दै’ मा रहेको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गर्नुभएको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा आज सुनुवाई भएको थियो ।

आजको सुनुवाई नसकिएपछि यस रिटलाई ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

यसअघि यस रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाई आज गर्न आदेश दिएको थियो ।

मुख्यमन्त्री अधिकारीले सरकारको दावी गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेशप्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित