१८ असार २०८३, बिहिबार

उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो ।

इलाम-२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १९१० मा उपनिर्वाचन हुँदैछ । आयोगले दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आग्रह गरेको छ ।

आयोगले भनेको छ, ‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने ।’

साथै आयोगले मतदान अघिको ४८ घण्टादेखिनिर्वाचन आचारसंहिता अनुसार निषेध गरिएका कार्यहरु हुन नदिन समेत गृहमन्त्रालय मार्फत निर्देशन दिने निर्णय गरेको छ ।