
काठमाडौं, १० बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याबारे समीक्षा आवश्यक भएको बताउनुभएको छ ।
नेकपा (एमाले) को हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सोमबार सम्बोधन गर्दै उहाँले आन्दोलनमा देखिने फुट राजनीतिक कारणले हो कि पदीय आकांक्षाको कारणले भएको हो त्यसको समीक्षा गर्नुपर्ने औंल्याउनु भएको हो ।
उहाँले यसबारे ठोस निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थापना भएका अरु देशका कम्युनिष्ट पार्टीले के कति सफलता गरे र के कस्ता असफलता व्यहोर्नु प¥यो त्यसको समीक्षा र नेपाली कम्युनिष्ट आन्दोलनमा टक पटक देखिने गरेको फुट र विभाजन साच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरि ठोस निष्कर्ष निकाल्न सकिएनभने भविष्यमाथप सफलताहासिल गर्न कठिनाइ हुन्छ ।’
यस्तै, उहाँले संविधानले मार्गदर्शन गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सबैले मिलेर कार्य गर्न आवश्यकताभएको बताउनुभएको छ ।
राष्ट्रपतिको भूमिकामा हुँदा जनताको हितलाई ध्यानमा राखेर नेपाल राष्ट्र र नेपाली नागरिकको सम्मान र गौरव बढाउन काम गरेको भन्दै भूमिकाबाट बाहिरिए पनित्यो भूमिका नछोडेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘एक संवैधानिक राष्ट्रपतिको भूमिका जे हुने हो सोही अनुसार मैले देश र जनताको हितलाई ध्यानमा राखेर काम गर्ने कोशिस गरें । नेपाल राष्ट्र र नेपाली नागरिकको सम्मान र गौरव बढाउन मैंले जे जति कार्यहरु गरें सबैका अगाडि खुला किताब झैं छ । सेवाको फरक दायित्व र भूमिकाबाट बाहिर आएको एक वर्ष बढीको अवधिमा एक जिम्मेवार नागरिकको रुपमा पनि मैंले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको बारेमा नजिकबाट चिन्तन गर्दै आएको छु ।’
समारोहमा भण्डारीलाई एमालेले गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको छ ।








प्रतिक्रिया