
काठमाडौं, १० बैशाख । सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो ।
मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लागेको थियो । उहाँले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाउनु भएको थियो ।
सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको हो ।








प्रतिक्रिया