शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

माधव नेपाल एमालेद्वारा आयोजित नेकपा हीरक महोत्सवमा सहभागी नहुने

दैनिक नेपाल २०८१ वैशाख १० गते १२:५७

काठमाडौं, १० बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमालेद्वारा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवमा सहभागी नहुनुहुने भएको छ ।

एमालेको निमन्त्रणा पाए पनि नेपाल भने यस कार्यक्रममा नजाने उहाँको सचिवालय सदस्यले जानकारी दिनुभएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने कार्यक्रममा जाने बताइएको छ ।

एमालेले आज कम्युनिष्ट पार्टीको स्थापनाको ७५औं बर्षको अवसरमा विशेष कार्यक्रम गरिरहेको छ । गोदावरीमा हुने सो कार्यक्रममा एमालेले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्दैछ ।

एमालेले यस कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका शिर्ष नेताहरुलाई निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित