
काठमाडौं, १० बैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको पेशी आज तोकिएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाई हुँदैछ ।
यसअघि रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।
मुख्यमन्त्री अधिकारीले सरकारको दावी गर्दा सभामुखको मत जोडेर बहुमत पु¥याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेश प्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।








प्रतिक्रिया