८ असार २०८३, सोमबार

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री एमालेको ‘हीरक महोत्सव’मा जाने

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकले मुख्यतः अर्को साता सुरू हुन लागेको लगानी सम्मेलनका लागि आवश्यक कानुन संशोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीले विभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नुहुनेछ ।

बैठकपछि प्रधानमन्त्री प्रचण्ड सत्ताका प्रमुख सहयोगी नेकपा (एमाले)ले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको ‘हीरक महोत्सव’ विशेष कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पहिलो पटक ‘गणतन्त्रको गौरव’बाट  सम्मान गरिदैँछ ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु उपस्थित हुनुहुने बताइएको छ ।

कार्यक्रम अपरान्ह १२ बजेबाट सुरू हुँदैछ ।