
हेटौंडा, १० वैशाख । नेकपा (एमाले) बागमती प्रदेशका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
पार्टीको ७५ वर्ष पूरा भएको खुसियालीमा थपलियाले एक शुभकामना सन्देश जारी गर्दै तत्कालीन देशमा राजनीतिक परिवर्तनको आवश्यकतालाई मध्यनजर गरी पार्टी स्थापना गर्नुहुने संस्थापकहरुप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो ।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पूरा भएको खुसियालीमा तत्कालीन देशमा राजनीतिक परिवर्तनको आवश्यकतालाई मध्यनजर गरी पार्टी स्थापना गर्नुहुने संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठलगायत सम्पूर्ण संस्थापक निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायण विलास जोशी र मोतिदेवी श्रेष्ठप्रति हार्दिक श्रद्धा तथा उच्च सम्मान व्यक्त गर्दै पार्टीको हरेक तह र तप्कामा आवद्ध रहेर देश र जनताको मुक्तिका खातिर योग्दान पुर्याउँदै आफ्नो बलिदानी गर्नुहुने सम्पुर्ण महान सहिदहरुमा स्मरण एवम् भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
उहाँले एमालेको नेतृत्वमा अघि बढेको समृद्धि र समुन्नत समाज निर्माणको अभियान पक्षधर नेतृत्व गर्नुहुने सम्पुर्णको सुस्वास्थ्य, दिर्घायु एवम् जनताप्रतिको उत्तरदायी भुमिकामा अझै सक्रियता रहने विश्वाससहित सबैमा हीरक वर्षको शुभकामना व्यक्त गर्नुभएको छ ।









प्रतिक्रिया