आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

श्रीलंकामा कार रेस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० घाइते

दैनिक नेपाल २०८१ वैशाख १० गते ८:१६

कोलम्बो, १० वैशाख । श्रीलंकामा भएको एक कार रेस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।

दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

श्रीलंकामा सवारी साधनको दुर्घटना सामान्य मानिन्छ । सन् २०२३ मा श्रीलंकामा २,२०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित