३० असार २०८३, मंगलबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाउनुभएको हो ।

बैठकमा मंगलबारबाट हुने कतारका अमिर (राजा)को नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ ।

बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ ।

त्यस्तै, बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरु समेत गर्नेछ ।