१६ असार २०८३, मंगलबार

बैंगलुरुमाथि कोलकोताको एक रनको रोमाञ्चक जित

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । कोलकोता नाइट राइडरसले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत कोलकोताले बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।

कोलकोताले दिएको २२३ रनको लक्ष्य पछ्याएको बैंगलुरुले २० ओभरमा अल आउट हुँदै २२१ रन बनाएपछि खेल एक रनले हारेको हो ।

यसअघि पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

यो कोलकोताको यस सिजनमा पाँचौँ जित हो । ७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गरेको कोलकोता दोस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी, बैंगलुरुको भने यो सातौँ हार हो । बैंगलुरुको ८ खेलमा एक जित र ७ हार बेहोरेको छ । यसका साथै बैंगलुरुको अब प्लेअफको सम्भावना लगभग समाप्त भएको छ ।