१८ असार २०८३, बिहिबार

२०८४ मा बहुमत आउने गरी काम गर्न एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको निर्देशन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउने गरी काममा लाग्न नेताऔकार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ।

आइतबार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्‍याउने गरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको हो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले राष्ट्रिय शक्तिको रूपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताउनु भयो । उहाँले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताउनु भयो ।