३१ जेष्ठ २०८३, आइतबार

पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव पदक’बाट सम्मानित हुनुहुँदै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले)ले पार्टीको हीरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव पदक’बाट सम्मान गर्ने भएको छ ।

ललितपुरको गोदावरीमा भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यो प्रस्तावलाई प्रतिनिधिहरुले सहमति जनाएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदान र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको पोखरेलले बैठकमा बताउनुभएको थियो ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले बैठकको अध्यक्षता गर्नुभएको थियो ।

एमालेले भोलि सोमबार पार्टी स्थापनाको ७५औं वर्षगाँठको अवसरमा गोदावरीमै गर्ने विशेष कार्यक्रममा भण्डारीलाई सम्मान गर्ने भएको हो ।