शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

एमाले अध्यक्ष ओली बिरामी, वरिष्ठ उपाध्यक्षको अध्यक्षतामा प्रतिनिधि परिषद्को बैठक सुरू

दैनिक नेपाल २०८१ वैशाख ९ गते १४:५६

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी हुनुभएको छ । उहाँलाई रूखा, खोकी लागेको जानकारी दिइएको छ ।

अध्यक्ष अस्वस्थ भएपछि आजको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन नसक्नुभएको सचिवालयले जानकारी दिनुभएको छ । उहाँ घरमै आराम गरिरहनुभएको छ ।

अध्यक्ष ओली बैठकमा उपस्थित हुन नसक्नुभएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बैठक सुरू भएको जानकारी दिइएको छ । हिजोदेखि सुरू भएको प्रतिनिधि परिषद्को बैठकमा ६ वटा समूह बनाइएको छ।

समूहमा बैठकको पहिलो दिन पेश गरिएको राजनीतिक, सांगठनिक र केन्द्रीय निकाय (लेखा, कानुन, अनुशासन आयोग र सल्लाहकार परिषद्) हरूको प्रतिवेदनमाथि छलफल भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित