२२ असार २०८३, सोमबार

विवाहबाट फर्किइरहेका ९ जनाको सडक दुर्घटनामा मृत्यु

13.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । भारतको राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको छ ।

दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २ः४५ बजे भएको थियो । भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिनुभएको छ । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।