७ श्रावण २०८३, बिहिबार

टिपरको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ९ वैशाख । मकवानपुरको हेटौंडा उपमहनगरपालिका-१० बसपार्क पिपलबोटमा टिपरको ठक्करबाट घाइते हुनुभएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

पूर्व-पश्चिम रार्जमार्ग अन्तर्गत कर्राबाट बसपार्कतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आएको प्र.२-०३-००१ ख ६८५४ नम्बरको टिपरले ठक्कर दिँदा घाइते हुनुभएका स्कुटर चालक हेटौडा-११ थानाभर्‍याङ बस्ने ५५ वर्षीय भीमबहादुर बिडारीको उपचारका क्रममा मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते हुनुभएका बिडारीको हेटौंडाको चुरेहिल अस्पताल हुँदै भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने टिपर र चालकलाई शनिबारनै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।