शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

मेसीको दुई गोलमा इन्टर मियामी विजयी

दैनिक नेपाल २०८१ वैशाख ९ गते ८:१०

काठमाडौं, ९ वैशाख । अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए ।

त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अंक भएको छ र शीर्ष स्थानमा कायम छ ।

त्यसैगरी नाशभिलेको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित