२४ असार २०८३, बुधबार

भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ९ वैशाख । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो ।

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो । उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् ।

उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।