
हेटौंडा, ९ वैशाख । मकवानपुरको बकैया खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो बकैया गाउँपालिका-६ स्थित बकैया खोलामा डुबेर सोही वडाको टिकुले टोल बस्ने ६ वर्षीय सन्दीप स्याङतानको मृत्यु भएको हो ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका स्याङतानलाई उपचारको लागि बाराको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








प्रतिक्रिया