शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

दैनिक नेपाल २०८१ वैशाख ८ गते १८:४८

वीरगञ्ज, ८ वैशाख । पर्साको जिल्लाको छिपहरमाई गाउँपालिका–१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ ।

भलुवहिया टोलसँग सीमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।

भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केही घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो ।

आगलागीबाट भएको क्षतिबारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित