शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

दैनिक नेपाल २०८१ वैशाख ८ गते १५:५८

कास्की, ८ वैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले दुई जना विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद् कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीले सोही दिन चुमान र गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित