शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

मापसे गरेर बाबुले छोरा कुटेपछि…

दैनिक नेपाल २०८१ वैशाख ८ गते १४:२३

सांकेतिक तस्वीर

मकवानपुर, ८ वैशाख । मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरमा मादक पदार्थ सेवन (मापसे) गरी बाबुले आफ्नै छोरामाथि कुटपिट गरेका छन् ।

शुक्रबार प्रतापपुर बस्ने ३९ वर्षीय नग्रेन्द्र राईले मापसे गरी घरायसी विवादमा आफ्नै छोरा १८ वर्षीय प्रेमराज राईलाई लठ्ठिले हिर्काएर घाइते बनाएका हुन् । नगेन्द्रले लठ्ठिले प्रहार गर्दा प्रेमराजको टाउकोमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते प्रेमराजको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि सरकारी अस्पताल भरतपुर चितवन पठाएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न नगेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित