११ असार २०८३, बिहिबार

धनकुटामा माइक्रो बस दुर्घटना, १९ जना घाइते

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, ८ वैशाख ।  धनकुटामा माइक्रो बस दुर्घटना भएको छ ।

काठमाडौंबाट संखुवासभातर्फ जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रो बस गएराति २ः१५ बजेतिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि १९ जना घाइते भएका छन् । उनीहरु सबैको उद्दार गरी  ९ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ  ।

घाइते मध्ये केहीको उपचारपछि डिस्चार्ज भईसकेको मुलघाट प्रहरी चौकीले जनाएको छ । अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माइक्रो बस निकाल्ने प्रयास भइरहेको छ ।