शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

तस्वीरमा हेर्नुहोस् एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक

दैनिक नेपाल २०८१ वैशाख ८ गते २१:४५

काठमाडौं, ८ वैशाख । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतनिधि परिषद् प्रथम बैठक सुरु भएको छ । शनिबार बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गर्नुभयो ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । बैठकमा केन्द्रीय निकायहरू क्रमशः केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन् ।

बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत गरिने एमालेले जनाएको छ ।  बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधि सहभागी रहेका छन् ।

    

प्रतिक्रिया
सम्बन्धित