शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

परराष्ट्रमन्त्री श्रेष्ठद्वारा भित्तेपात्रो सार्वजनिक 

दैनिक नेपाल २०८१ वैशाख ८ गते १३:४४

काठमाडौं, ८ वैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज भित्तेपात्रो सार्वजनिक गर्नुभएको छ ।

गोरखामा जन्मेर काठमाडौंमा पत्रकारिता गरिरहेका पत्रकारहरुको समाजले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गर्दा परराष्ट्रमन्त्री श्रेष्ठले देशको भूराजनीतिको संवेदनशीलतामाथि पनि चर्चा गर्नुभएको थियो ।

गोरखामै जन्मेका श्रेष्ठले देशकोे राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

उहाँले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने पनि बताउनुभयो ।

उहाँले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दीगो शान्ति कायम हुन नसक्ने दावी गर्नुभयो ।

पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उहाँले भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित