शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

दैनिक नेपाल २०८१ वैशाख ८ गते १२:५१

काठमाडौं, ८ वैशाख । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ ।

बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गर्नुभयो ।

बैठकमा राजनीतिक, सांगठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गरिने बताइएको छ ।

बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधि सहभागी रहेका छन् । बैठक भोलिसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित