शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एक कार्टुन उद्योगमा आगलागी

दैनिक नेपाल २०८१ वैशाख ८ गते ९:३४

सांकेतिक तस्वीर

हेटौंडा, ८ वैशाख । मकवानपुरको हेटौंडा-८ स्थित हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एक कार्टुन उद्योगमा आगलागी भएको छ ।

शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका-१९ बस्ने सञ्जीव मानन्धरले सञ्चालन गर्दै आउनुभएको हेल्पबक्स प्याकेजिङ्ग प्रालि कार्टुन उद्योग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

कार्टुन फ्याक्ट्रीमा के कारणले आगलागी भएको खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन् ।

क्षतिको विवरण पनि आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित