२० असार २०८३, शनिबार

चिनियाँ आइफोनमा ह्वाट्सएप र थ्रेड्स प्रतिबन्ध

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, ८ वैशाख । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ ।

समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको ह्वाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।

एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ । एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ ।

अब चिनियाँ आइफोनमा ह्वाट्सएप चल्दैन

चिनियाँ सरकारले एप्पललाई आफ्नो एप स्टोरबाट यी दुई मेटा एप ह्वाट्सएप र थ्रेड्स हटाउन आदेश दिएको थियो । चीनको यो आदेशपछि पनि एप्पलले यस्तो कदम उठाएको हो । एप्पलले शुक्रबार नियाँ एप स्टोरबाट ह्वाट्सएप र थ्रेड्स हटाउने जानकारी दिए पछि नयाँ तरंग उत्पन्न भएको छ ।

समाचार अनुसार चिनियाँ सरकारले एप्पललाई आफ्नो देशको सुरक्षाको कारण देखाउँदै यी एपहरू हटाउन आदेश दिएको थियो । तर, मेटाका अन्य तीन एप इन्स्टाग्राम, फेसबुक र मेसेन्जर अझै पनि चीनमा काम भने गरिरहेका छन् । यी तीन एपका साथै एलन मस्कको माइक्रो ब्लगिङ साइट एक्स र युट्युब पनि चीनमा काम गरिरहेका छन् ।

चीनको साइबर स्पेस एडमिनिस्ट्रेशनको निर्णय

पछिल्लो रिपोर्ट अनुसार एप्पलले आफ्नो बयानमा भनेको छ, ‘चीनको साइबर स्पेस प्रशासनले एप स्टोरबाट ह्वाट्सएप र थ्रेडहरू हटाउन आदेश दिएको छ।’ एप्पलले आफ्नो विज्ञप्तिमा थप भनेको छ, ‘हामीले जुन देशमा काम गर्छौं त्यसको नियम पालना गर्नुपर्छ, चाहे हामी उनीहरुको नियमसँग सहमत होस् वा नमानौं ।’

यसबारे मेटाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन् । अर्कोतर्फ चीनको सरकारी विभागले पनि यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन् । अब यो हेर्न बाँकी छ कि मेटाले चिनियाँ सरकारसँग वार्ता गर्छ र यसको एप चीनको एप स्टोरमा पुनः सूचीबद्ध गर्न नियमहरू परिवर्तन गर्छ कि गर्दैन ।